सिन्धुलीमाढी । माओवादी केन्द्र सिन्धुलीले आगामि मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि उम्मेदवार सिफारिस गरिएको छ । सोमबार सम्पन्न जिल्ला समन्वयसमितको बैठकले पालिकाहरुबाट सिफारिस गरिएका नामालवी जस्ताको जस्तै सिफारिस गरिएको हो ।
प्रतिनिधिसभा सदस्यका लागि सिन्धुली क्षत्र नम्बर दुईमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित तीनजना सिफारिस हुनुभएको छ । त्यस्तै वर्तमान सांसद हरिबोल गजुरेललाई पुन सिफारिस गरिएको छ भने जिल्ला इन्चार्ज राजन दाहाललाई प्रतितिधिसभाको दुवै क्षत्रमा सिफरिस गरिएको छ । अधिकांश पालिकाले भने उपमहासचिव समेत रहनुभएका गजुरेललाई समानुपातिकमा सिफारिस गरेका छन् ।
त्यस्तै क्षत्र नम्बर एकबाट समानुपातिक तर्फ संघका लागि विनोद विक, जानुका तिमल्सेना सिफारिस भएको छ भने दुई नम्बर क्षत्रबाट बुद्धिमान माझी र दिर्घराज श्रेष्ठ सिफारिस भएका छन् ।
प्रदेशसभा सदस्यको लागि भने आकांक्षीको संख्या धेरै रहेको माओवादी सिन्धुलीले जनाएको छ । क्षेत्र नम्बर एकको 'क' मा विष्णु सुनुवारलाई सिफारिस गरिएको छ भने 'ख' मा मात्रिका भट्टराई, अर्जुन कार्की र घनश्याम बस्नेत सिफारिस भएका छन । त्यस्तै क्षेत्र नम्बर दुईको 'क' मा दिर्ब मोक्तान सिफारिस गरिएको छ भने प्रदेश 'ख' मा दलबहादुर स्याङतान (डिबी तामाङ), पानीराज बम्जन, प्रकाश श्रेष्ठ र बाबुराम राई सिफारिस गरिएको छ ।
प्रदेशको समानुपातिक तर्फ काजीमान थिङ, नरेश कुँवर, इन्दिरा काफ्ले, सम्झना अधिकारी, कान्छीमाया भोलन, सुस्पा भुजेल लगायत सिफारिस गरिएको माओवादी सिन्धुलीले जनाएको छ ।