नुवाकोट । विघटित प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले नुवाकोटका विभिन्न स्थानीय सरकार तथा अस्पतालहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानको समन्वय र पहलमा उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु दुप्चेश्वर, पञ्चकन्या र शिवपुरी गाउँपालिका र त्यहाँका अस्पतालमा पुगेर हस्तान्तरण गरिएको हो ।
दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटार अस्पतालका लागि अक्सिजन कन्सनट्रेटर एक थान, अक्सिजन सिलिण्डर एक थान (फिर्ता नहुने गरी) पीपीई पन्ध्र थान, केएन ९५ मास्क एकसय बीस थान, सर्जिकल मास्क एघार सय थान, सर्जिकल ग्लव्स एकसय थान, टप ग्लव्स सय थान, यूटी ग्लव्स पाँच थान, थर्मल गन दुई थान, अक्सिमिटर एक थान, फेस शील्ड चालिस थान, ह्याण्ड वास पन्ध्र लिटर, स्यानिटाइजर बीस लिटर रहेका छन् । एक थान अक्सिजन कन्सनट्रेटर दुप्चेश्वरको कुटुमसाङ स्वास्थ्य चौकीका लागि व्यवस्थापन समितिका अध्यक्ष लयुल छिरिङ शेर्पालाई हस्तान्तरण गरिएको हो ।
पञ्चकन्या गाउँपालिकामा अध्यक्ष तेजबहादुर तामाङलगायत डाक्टर तथा स्वास्थ्यकर्मीहरुसमक्ष स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । त्यहाँका लागि अक्सिजन कन्सनट्रेटर दुई थान, पीपीई पन्ध्र थान, केएन ९५ मास्क एकसय पन्ध्र थान, सर्जिकल मास्क बाह्र सय थान, सर्जिकल ग्लव्स दुई सय थान, टप ग्लव्स दस थान, यूटी ग्लव्स दस थान, अक्सिमिटर दुई थान, फेस शील्ड पचास थान, ह्याण्ड वास बीस लिटर, स्यानिटाइजर पच्चीस लिटर, भ्यापोराइजर दुई थान रहेका छन् ।
शिवपुरी गाउँपालिकाका लागि अध्यक्ष रामकृष्ण थापासहित अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरुसमक्ष स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरित सामाग्रीहरुमा अक्सिजन कन्सनट्रेटर एक थान, अक्सिजन सिलिण्डर एक थान (फिर्ता नहुने गरी) पीपीई सत्र थान, केएन ९५ मास्क एकसय पन्ध्र थान, सर्जिकल मास्क बाह्र सय थान, सर्जिकल ग्लव्स एक सय थान, यूटी ग्लव्स पाँच थान, थर्मल गन दुई थान, अक्सिमिटर एक थान, फेस शील्ड पचास थान, स्प्रेयर एक थान, ह्याण्ड वास पन्ध्र लिटर, स्यानिटाइजर बीस लिटर, भ्यापोराइजर दुई थान रहेका छन् ।
प्रतिष्ठानको समन्वयमा वोधीसत्व विहार लगायत विभन्न व्यक्तिहरुले स्थास्थ्य सामाग्री तथा नगद सहयोग उपलब्ध गरएको प्रतिष्ठानका संरक्षक समेत रहेकी उपसभामुख राधिका तामाङले बताइन् । उक्त प्रतिष्ठान उपसभामुख तामाङको दिवङगत बुवा शेरबहादुर तामाङ र आमा राम्री तामाङको नाममा स्थापना गरिएको हो ।