- मोहन तामाङ/सुदीपकुमार तामाङ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चाको काठमाडौं जिल्ला अध्यक्षमा सन्तबहादुर वाइबा तामाङ चयन हुनुभएको छ ।
काठमाडौं सोमबार आयोजित जिल्ला भेलाले वाइबा तामाङको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । मोर्चाको उपाध्यक्षमा शान्ति दोङ लामा, पेम्बा गोले तामाङ, सचिवमा चक्रजीत मोक्तान, सहसचिव पासाङ तामाङ, कोषाध्यक्षमा जगत लामा चयन हुनुभएको छ ।
सदस्यहरुमा पूर्णराज तामाङ (लामा), फूलकुमार तामाङ, लवाङ लामा, विजेन्द्र तामाङ, मानबहादुर तामाङ, पासाङ तामाङ, छिरिङ लामा, दिलीप तामाङ, बुद्ध लामा, चन्द्रबहादुर तामाङ, कृष्णबहादुर तामाङ रहनुभएको छ ।
यस्तै अमर लामा तामाङ, रकम तामाङ, राजेन्द्र तामाङ, सुरेन्द्र तामाङ, वीरबहादुर तामाङ, सुनिल तामाङ, पासाङ लामा, रमा तामाङ, सन्तबहादुर तामाङ, ठूली तामाङ, सलामसिं लामा, सौगात लामा, अर्जुन ग्लान र राजेन्द्र वाइबा चयन हुनुभएको छ । बाँकी सदस्य पछि मनोनीत गर्ने मोर्चाले जनाएको छ ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं पूर्वखेलकुदमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । प्रतिनिधिसभा सांसद समेत रहेका तामाङले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै संविधान र राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा एवं उत्पीडित जातिको मुक्तिको खातिर निरन्तर अगाडि बढ्न निर्देशन दिनुभयो । त्यस्तै आफ्नो समुदायको हकहित र पहिचानको लागि निरन्तर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भेलामा पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इञ्चार्च, कुमार पौडेल, पोलिटब्युरो सदस्य तथा तामाङ मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सूर्यमान दोङ, तत्कालीन महान्यायाधिवक्ता तथा माओवादी केन्द्रीय सदस्य मुक्ति प्रधान, वैकल्पिक केन्द्रीय सदस्य अमरध्वज लामा, तामाङ मुक्ति मोर्चाका संस्थापक अध्यक्ष तथा कानुनविद् कुमार योन्जन तामाङ, तामाङ मुक्ति मोर्चाको वाग्मती प्रदेश अध्यक्ष अक्कलबहादुर तामाङलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नवनिर्वचित अध्यक्ष तामाङले भेलालाई सफल बनाउन सहयोग गर्नुहुने सबै सहयोगी हातहरुलाई र उपस्थित प्रमुख अतिथिलगायतलाई धन्यवाद दिँदै चाँडै पदाधिकारी बैठक बस्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।