काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाले ४० औं वार्षिकोत्सव मनाएको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान, पुस्तक विमोचनलगायत गरी वार्षिकोत्सव मनाइएको हो । अध्यक्ष महेश श्रेष्ठको अध्यक्षक्षतामा भएको वार्षिकोत्सव समारोहमा नेपाल अर्बुद रोग निवारण संस्थाका पूर्वअध्यक्ष कर्ण शाक्य प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै पूर्वअध्यक्ष शाक्यले सेवाका लागि कुनै पद, पावर हैन, प्रतिबद्धता, गम्भीरता र समर्पण चाहिने बताउनुभयो । संस्था समस्याको बाबजुत खोलेको स्मरण गर्नुहुँदै उहाँले जीवनमा समस्या, दुस्ख आउनुपर्ने र त्यसैले प्रेरणा दिने गरेको उहाँको भनाइ छ । समस्या समाधानका लागि आउँछ, प्रश्न उत्तरको लागि आउँछ, गुनासोले विकल्प निकाल्छ, उहाँको भनाइ थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै अध्यक्ष श्रेष्ठले नेपालमा अर्बुद (क्यान्सर) रोग निवारण गर्न सरकारी तवरबाट ध्यान नदिएको भन्दै गुनासो पोख्नुभयो । नीति, निर्माण र यसको प्रभावकारी परिचालन गर्नु आजको आवश्यक्ता रहेको भन्नुहुँदै उहाँले यसमा सरकारले कडाई गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं महानगरपालिकाले असोज १ देखि सार्वजनिक स्थलमा धुमपान गर्न नपाउने नियम लागू गर्ने लागेकोप्रति खुसी प्रकट गर्नुहुँदै अध्यक्ष श्रेष्ठले महानगरलाई आभार र धन्यवाद दिनुभयो ।
नेपालमा हरेक वर्ष क्यान्सरका कारण ३७ हजार मृत्यु भइरहेको छ । यसको मुख्य दुई कारण धुमपान र मद्यपान हो । यी सेवन गर्ने प्रायस् विद्यालय, कलेजका विद्यार्थी र विपन्न वर्गका व्यक्तिहरु छ्न् । त्यस कारण सुर्तीजन्य वस्तुहरु किनबेचमा करको दर वृद्धि गरी किनेर खान नसक्ने गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो ।
उहाँले भावी दिनमा दीर्घ रोगको जस्तै सरकारबाट क्यान्सर रोगको पनि औषधि निस्शुल्क वितरण गरिने प्रणालीको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले आफ्नो कार्यकालमा नेपालमा अर्बुद रोग निवारणका लागि तन, मन र वचनले लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
संघीय संसद एवं पूर्वमन्त्री गणेश शाह र संघीय सांसद तेजुलाल चौधरीले मंसिरमा हुने चुनावी सभाहरुमा ुधुम्रपान र मद्यपान स्वास्थ्यका लागि हानिकारक छ भन्दै नारा घन्काउन, घोषणा गर्न आग्रह गर्नुभयो । उहाँहरुले नेपाल अर्बुद रोग निवारण संस्थाले प्रत्यक्ष,अप्रत्यक्षरुपमा सहयोग गरिरहेकोमा प्रशंसा व्यक्त गर्दै आफूहरुले संस्थालाई सक्ने सहयोग गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा उत्कृष्ट जिल्ला शाखा र व्यक्तिहरुलाई विभिन्न पदकहरु वितरण गरिएको थियो । समाजसेवीतर्फ इन्जिनियर पकड श्रेष्ठ (ललितपुर) लाई सानुछोरी क्यान्सर स्मृति पदक, प्राविधिकतर्फ डा.पंकजकुमार बर्मन, नेपाल अर्बुद रोग निवारण संस्था (ललितपुर) लाई पुष्प राजकिर्णिकार शरण रनिङ शिल्ड, नेपाल अर्बुद रोग निवारण संस्था सिन्धुपाल्चोक शाखा सभापति भक्तबहादुर बस्नेत (बद्री)लाई दुर्गाबहादुर श्रेष्ठ उत्कृष्ट शाखा सभापति पदकु र सेरोल्याव प्रालिका सीईओ किरणकुमार श्रेष्ठलाई गोमादेवी बराल स्मृति पदक दिइएको छ ।