काभ्रेपलाञ्चोक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काभ्रेपलाञ्चोकको अध्यक्षमा विजय लामा निर्वाचित हुनुभएको छ ।
अखिल (क्रान्तिकारी) काभ्रेको आइतबार भएको २०औं जिल्ला सम्मेलनबाट लामा नेतृत्वमा ७५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षहरुमा विश्वनाथ अधिकारी, निर्मला गौतम, सिर्जना दोङ, दिर्जा लामा, उर्मिला लामा, सचिवमा विवश लामा, सहसचिवमा रचना शर्मा तिमल्सिना, कोषाध्यक्षमा विकास लामालाई निर्वाचित हुनुभएको छ । कार्यलाय सदस्य पृथ्वीराज तामाङ लगायत ७५ जनाको जिल्ला समितिमा निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा कुमार तामाङ, रञ्जना रिसाल, सन्दिप सापकोटा, सन्देश न्यौपाने, एनिसा सापकोटा, आरती तिमल्सिना, पेमा तामाङ, रोशनी लामा, सुन्दर सोनाम, विष्णु महत, सविन थापा, पुष्पाञ्जली भुजेल, नविन कुवँर, पूजा श्रेष्ठ, सुमन लामा, विनोद तामाङ, चन्द्रबहादुर तामाङ, सरिता तामाङ, बविता देवकोटा हुनुहुन्छ ।
यस्तै विश्वनाथ अधिकारी, सुजन मगर, प्रदीप गौतम, समिर तामाङ, विनिसा तामाङ, सोभा खड्का, जमुना सापकोटा, मनिक ताम्राकार, रविना तामाङ, विकास तामाङ, युवराज तामाङ, अजय तामाङ, फूर्वा लामा, एलिना तामाङ, पुष्पकमल घोरसाइने, सरोज मिजार, रञ्जना तामाङ, सिद्धान्त लामा, सुवर्ण तामाङ, सोविना लामा, अभिषेक लामा, सन्तोष भुजेल, युवराज तामाङ, भिमसेन लामा, विनिता हमाल, राजेश लामा, विकास घिमिरे, शर्मिला चौंलागाईं चयन हुनुभएको छ ।
डोम घलान, दोर्जे थिङ, जितबहादुर श्रेष्ठ, रिसाङ वाइबा, बालकुमारी लुङ्गेली मगर, शंखलाल मोक्तान, सुवाङ जिम्बा, मिसान स्याङतान, देशभक्त रुम्बा, उपेन्द्र थिङ, ममता लोप्चान, एङमिला थिङ, सम्तेन मोक्तान, निमा थिङ, प्रमी तामाङ, ब्रजेश लामा, हिमाल तामाङ, सुनिल गौतम, प्रनिस गौतम, सपना दोङ, प्रिति तामाङ, राज गौतम, सागर गौतम, सुमिना ढुंगाना, विष्णु उदास रहेका छन् ।
यसैबीच सम्मेलनले १३ सदस्यीय कार्यालय टिम निर्माण गरेको छ । त्यसैगरी प्रदेश कमिटीमा युवराज लामा, निरेश लामा, अर्पण लामा, विनोद चौंलागाईं, मुना मगरलाई प्रतिनिधि पठाउने निर्णय गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङ, अतिथिहरुमा पूर्वउर्जा राज्यमन्त्री एवं माओवादी केन्द्र काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ, जिल्ला संयोजक रुकु चौंलागाईं, प्रदेश कमिटी सचिवालय सदस्य दिननाथ गौतम, प्रदेश कमिटी सदस्य रत्न ढकाल, युवा नेता इन्द्रबहादुर थिङ् 'छिन्ताङ' तामाङ लगायत सहभागी हुनुहुन्थ्यो ।