काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले आउने चुनावमा लोकतन्त्र, राम्रो विदेश नीति र सुशासनको एजेन्डा लिएर पार्टी चुनावी मैदानमा जानुपर्ने बताउनुभएको छ ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा आइतबार नेता गणेशमान सिंहको २६औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता राणाले २०४६ को आन्दोलन र अहिलेको अवस्थामा खासै फरक नदेखिकोले अबको चुनावको एजेण्डा लोकतन्त्र, राम्रो विदेशनीति र सुशासन हुनुपर्ने बताउनुभएको हो । उहाँले गठबन्धनमा जति सिट कांगेसले पाउँछ त्यसमा युवा र लामो समयसम्म पार्टीलाई योगदान दिनेहरुलाई पनि समेट्पर्ने सुझाव दिनुभयो । उहाँले टिकट नपाउँदा अस्तुष्टि नराखी पार्टीलाई जिताउन सबै एकजुट भाएर लाग्नसमेत आग्रह गर्नुभयो ।
स्थानीय चुनावमा गठबन्धन गर्दा पनि कांग्रेस उम्मेदवार हारेकोमा गुनासो पोख्नुहुँदै राणाले अबको चुनावमा गठबन्धन गरेपछि गठबन्धनलाई नै जिताउनु पार्टीका नेता, कार्यकर्ताको कर्तव्य हुने धारणा राख्नुभयो । उहाँले गत निर्वाचनहरुमा मत बदरसंख्या धेरै भएकोले जनतालाई भोट हाल्ने तरिका सिकाउन पनि सबैमा अनुरोध गर्नुभयो ।
कार्यक्रममा कांगेस नेता सिर्जना सिंह, केन्दीय सदस्य राजीव ढुंगाना, पाल्पा जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा र अन्तर्राष्ट्रिय त्रिवि चिन्तन प्रतिष्ठान अध्यक्ष सन्दिप राना, सहकर्मी लेखकरुले समेत शुभकामना दिनुभएको थियो ।
त्यसअवसरमा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री तथा कांग्रेसको नेता महेश्वरी कुँवरको 'संघर्ष राजनीतिको पाल्पा' नामक पुस्तक नेता राणाले लोकार्पण गर्नुभयो ।