विशेषगरी हिन्दुहरुले मनाउने दसैं पर्व अन्य समुदायले पनि आफ्नै संस्कारअनुसार मनाउने गर्छन् । यो पर्वका बेला आफूभन्दा ठूलाबाट आर्शीवाद लिने, इस्टमित्र भेटघाट र मीठा परिकार बनाएर खाने चलन छ । अन्य समयमा आ—आफ्नो काममा व्यस्त रहे पनि दसैंको समयमा रमझम गरिन्छ । दसैंमा खानपान त्यसमा पनि मासुको प्रकारका धेरै मात्रामा हुन्छन् ।
आफन्तसँगको भेटघाट खानपानमा रमाइन्छ तर खानपान मिलाएर नखाँदा उल्टै बिरामी पर्ने सम्भावना हुन्छ । खानपानमा पनि एक दिन पकाउने र दसैंभर खाने चलन छ । अथवा घरमा मासु ल्याएको सुरुको दिन धेरै खाने चलन छ । खानपानमा ध्यान दिएन भने रमाइलो चार्डपर्वले रोग ननिम्त्याउँला भन्न सकिन्न । त्यसैले चिकित्सकले चार्डपर्वको समयमा पनि खानपानमा धेरैथरीका र धेरै मात्रामा खाने चलन भएकोले मिलाएर खान आग्रह गरेका छन् । वरिष्ठ पोषणविद् प्राध्यापक डाक्टर उमा काइरालासँग दसैंको समयमा मासुका परिवार कसरी र कति खानेलगायत विषयमा जानकारी गराउनुभएको छ ।
मासु खाने दसैंमा प्रचलन पनि हो । पहिला—पहिला खसी काट्ने खाने चलन थियो । तर अहिले हुनेखानेलाई त सधै दसैं छ । मासु खानलाई दसैं नै कुर्नुपर्दैन । अहिले पनि गाउँघरमा निम्न, मध्यम परिवारलाई गाह्रो नै छ । मासु खानलाई पर्व कुर्नु नै पर्छ । कुरा छ मासु खाने । कस्तो खाने भन्ने विषयमा, विभिन्न अध्ययनहरुले पनि के देखाउँछ भने खसी बोकाको मासु अरुभन्दा राम्रो भन्ने देखाउँछ । कुन हिसाबले राम्रो भन्दा खसी, बोकाको मासुमा क्यालोरी कम, बोसोजन्य पदार्थ क्लोस्टोरल कम देखाउँछ । अनुसन्धानले पनि खसी, बोकाको मासुमा आईरनतत्व र खनिजतत्व धेरै हुन्छ जुन हाम्रो रगत बन्नका लागि अतिआवश्यक हुन्छ ।
तुलनात्मकरुपमा खसी, बोकामा आईरनजन्य पदार्थ ९ प्रतिशत हुन्छ भने कुखुरा, बंगुरको मासुमा २ प्रतिशतभन्दा माथि ३,४ प्रतिशत हुने देखाइरहेको छ । त्यो हिसाबले पनि पैसा पनि सदुपयोग र शरीरलाई पनि फाइदा होस भन्ने कुरा हामीले सोच्न जरुरी छ । खाना हाम्रो औषधिजस्तो होस भन्ने पनि भन्दै आइरहेका छौं । खाना मिलाएर खाँदा शरीरलाई फाइदा हुन्छ, त्यसैले दसैंमा खानपानमा ध्यान दिन एकदमै जरुरी छ ।
हामीले जे खान्छौं शरीरमा त्यही नै तत्व बन्ने भएकोले स्वस्थ र राम्रो खानुपर्छ भन्ने हो । अध्ययनले कुखुराको मासुमा २८ प्रतिशत क्लोस्टोरल देखाएको छ भने खसी, बोकाको मासुमा २२ प्रतिशत देखाइएको छ । तर प्रोटिन खाँदा कस्तो खाने भन्ने कुरा आईरतत्व र क्लोलेस्टोरले निर्धारण गर्ने हो । समग्रमा हेर्दा खसी बोकाको मासु नराम्रो तर कसरी खाने भन्ने कुरामा निर्धारण गर्दछ ।
वर्षमा एक पटक घरमा खसी, बोका काट्ने काटेको दिन टन्न खाने त्यो हाम्रो मानव स्वभाव पनि हो । तर आफ्नो शरीरको अवस्था टन्न खाएर पचाउन सक्ने छ भने समस्या भएन । तर तपाईंले खानु भएको खानाले स्वास्थ्यलाई असर गर्छ भने खानपानमा ध्यान दिन जरुरी हुन्छ । आफ्नो शरीरको अवस्था कस्तो छ त्यो आफैलाई थाहा हुन्छ । जस्तो मिर्गौलाको बिरामीले माछा मासु खाइरहनु भएको हुन्छ भने कति मिर्गौलाको बिरामीलाई खानै हुँदैन, त्यसैले कति मात्रामा पचाउन सकिन्छ भन्नेबारे आफ्नो शरीरको प्रकृतिअनुसार पनि हुन्छ ।
तौलअनुसार मासु सेवन
सामान्य व्यक्ति स्वास्थ्यमा खासै समस्या छैन भने खानपान सामान्यरुपमा गर्दा हुन्छ । एक व्यक्तिको एक किलो तौलअनुसार एक ग्राम प्रोटिन खानु पर्दछ । जस्तो ५० किलो तौलको व्यक्ति हुनुहुन्छ भने एक दिनमा ५० ग्राम खाँदा राम्रो हुन्छ । सामान्यरुपमा पचाउन सकिन्छ । त्यो शरीरको आवश्यकता पनि हो । क्यालकुलेसन त कसले गर्छ तर ठिक्क खाने ताकि धेरै दिनसम्म खान सकियोस् ।
चिल्लो कम खानुस
दसैं भन्नेबित्तिदकै कबाफ लगाएको पक्कु खानलाई धेरै इच्छा गर्छौं । एकैदिन पकाएर ४,५ दिनसम्म खाने चलन छ । यति लामो समयसम्म पकाएको मासु स्वादको हिसाबले त मिठो हुन्छ । तर गर्मीको समय पनि भएकोले फंग्स, ब्याक्टेरियाहरु आउने हुँदा लामो समयसम्म पकाएर राखेको मासु सेवन नगर्दा नै स्वास्थ्यका लागि राम्रो हुन्छ ।
एक दिन पकाएर धेरै दिन खानुभन्दा, मासु काटेर डिफ्रीजमा राख्नुभयो भने ५ देखि ६ दिनसम्म दैनिक पकाएर खाँदा स्वस्थकर मानिन्छ । मासु पकाउँदा चिल्लो कम रस धेरै बनाएर खानुभयो भने शरीरले सहजैरुपमा पचाउन सक्छ । दसैंमा मासु खादा स्वाद परिवर्तन गर्ने हो भने हामीले उसिनेको मासु पनि खान सक्छौं रेष्टुरेन्टतिर उसिनेको मासु भनेर खाने चलन छ । त्यही मासु घरमा उसिनेर नुन लगाउने र जिरासँग चोपेर खादा स्वाद पनि फरक स्वस्थकर पनि हुन्छ ।
टेस्ट जेन्ज गरेर खाँदा राम्रो हुन्छ, माछा, मासु सँगै सागपात खादा खानापानमा ब्यालेन्स पनि मिल्छ । फलफूल, शरीरले पचाउन सक्छ भने दही खाने तर कसैलाई बाथको समस्या छ भने दही सेवन गर्नु उचित मानिँदैन । सबै कुरा मिलाएर खाँदा मासुले गर्ने हानी कम गर्न सक्छ । फलफूल एउटा यस्तो चिज हो फ्रेस खाँदा हाम्रो शरीरलाई चाहिले धेरै तत्वहरु पाइन्छ । त्यसैले दसैंमा मासुमात्रै होइन यस्ता कुराहरु खानमा पनि ध्यान दिन जरुरी छ ।