काठमाडौं । सन्तुलित आहार मानव शरीरमा सधैं आवश्यक पर्छ । हामी अहिले दसैं विशेषमा भएकोले यो समयमा पनि अति आवश्यक छ । अन्न, गेडागुडी त्यसमा पनि धेरै रिफाईन नगरेको खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । यस्तै दाल गेडागूडी, माछा मासु र दूध, दही, फलफूल र साग पात त्यसपछि चिल्लो घिउँ पदार्थलाई सन्तुलित आहारको भन्दै आईरहेका छौं । मैले माथि उल्लेख गरेको ५ वटा कुरा नियमित खानामा हुनुपर्दछ यसलाई नै सन्तुलित आहार भनिन्छ ।
एकिन तथ्यांक नभए पनि धेरै नेपाली नागरिक शाकाहारी अर्थात् माछा, मासु सेवन नगर्ने पनि हुनुहुन्छ । हुन् त चिकित्सकहरुले पनि स्वस्थ रहन सकेसम्म सादा खानपान, चिल्लोपिरो, माछा, मासु कम खानुस पनि भन्दै आइरहेका छन् । बढ्दै गएको विभिन्न रोग, अस्वस्थकर खानापानभन्दा स्वस्थ रहनका लागि शाकाहारी भोजन नै राम्रो भन्दै धेरैले माछामासु खाने व्यक्ति पनि शाकाहारी बन्न थालेका छन् । कतिलाई बाध्यता छ भने कति जन्मजात नै माछा, मासु सेवन नगर्ने पनि हुनुहुन्छ ।
यो विषयमा हामीले वरिष्ठ पोषणविद् डाक्टर उमा कोइरालालाई शाकाहारीले दसैं कसरी मनाउने भनेर सोधेका छौं । दसैंमा माछा, मासु नै खानुपर्छ भन्ने छैन । धेरै नेपाली शाकाहारी रहेको हुँदा मैले आफूले जानेका कुराहरु जो माछा, मासु खानुहुन्न उहाँहरुका लागि जानकारी गराउन लागेको हो । शाकाहारीको पनि दसैं पनि रमाइलो हुन्छ । खानपानमा आफूलाई मनपर्ने परिकार बनाएर खाने हो । दूधको परिकार बनाएर पनि खाना सकिन्छ ।
अहिले सजिलो पनि छ इन्टरनेटको व्यवस्था भएको ठाउँमा युट्युबाट हेरेर पनि बनाउन सकिन्छ ।
चिनी कम राखेर विभिन्न प्रकारका खाना बनाउन सकिन्छ । जस्तै खिर बनाउँदा दूधलाई धेरै पकाउने र खुवा जस्तो बनाएर चामल राख्दा निकै मीठो खिर बन्छ । खानापानमा परिवर्तन गरेर खाना सकिन्छ । पनिरका परिकारहरु चिल्ली, बारबिबिक्यू बनाएर खान सकिन्छ, घरमै सिजलर बनाउन सक्नुहुन्छ ।
दहीको परिकार, उमारेको मुगं, चनाहरु खान सकिन्छ । घरमै स्वस्थकर चटपटे बनाएर पनि खान सक्नुहुन्छ । पानीपुरी, दही बाडा, चप, राज्माहरु पनि बनाएर खाना सकिन्छ । मात्रै अलिकति जाँगर चलाउनुपर्छ ।