काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप शुक्रबार नेपाल आईपुगेको छ । यस अघि १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको सरकारले जनाएको छ ।
खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज बिहिबार चीनको बेइजिङ गएको थियो । खोप लिएर शुक्रबार नेपाल आईपुगेको खोप महाशाखाका प्रमुख डाक्टर झलक गौतले ग्लोबल मिडियालाई जानकारी दिनुभयो ।
भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो । जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने व्यवस्था थियो ।
चीनले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो । चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको हुदा एकै पटक ४४ लाख डोज खोप ल्याईएको सरकारको भनाई छ ।
यि नागरिकले पाउँनेछन् खोप
चीनबाट ४४ लाख खोप ल्याएसँगै खोप थप नेपाली नागरिकले खोप पाउँनेछन् । सरकारको योजना अनुसार हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिईने छ ।
ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन सरकारले जनाएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका नागरिकलाई पनि खोप दिइने सरकारको योजना रहेको छ ।
साथै काभ्रेपलाञ्चोक, चितवनका ३५ वर्षभन्दा माथिका नागरिकले पनि खोप पाउँनेछन् । यस्तै अन्य ५५ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई भेरोसेल खोप दिइने छ ।
१८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका विद्यार्थी, फन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका नागरिकलाई समेत खोप दिने तयारी भईरहेको सरकारको भनाई छ ।