नुवाकोट । नेकपा (एकीकृत समाजवादी) नुवाकोटमा गोविन्द नेपालीको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । सदरमुकाममा शनिबार भएको जिल्ला कमिटी गठन र कार्यकर्ता भेलामा नेकपा (एस) प्रदेश उपत्यका कमिटी सदस्य एवं अधिवक्ता बसन्त बस्नेतले नेपालीको नेतृत्वमा जिल्ला कमिटी घोषणा गर्नुभएको हो ।
पदाधिकारीहरुको चयन जिम्मा जिल्ला कमिटीलाई नै दिइएको छ । संयोजक नेपाली एमालेमा हुँदा जिल्ला प्रमुख तथा संविधानसभाका सभासद हुनुहुन्थ्यो । यस्तै पूर्व प्रतिनिधिसभा सदस्य राजेन्द्र लोहनी, अच्युत पाण्डे र सूर्य कँडेल रहेको तीन सदस्यीय सल्लाहकार समिति पनि घोषणा गरिएको छ ।
गाउँपालिका र नगरपालिका कमिटी निर्माण गर्ने जिम्मा जिल्ला कमिटीलाई र गाउँ र नगरले वडा कमिटी निर्माणको जिम्मा समेत पाएको छ । नवगठित नेकपा (एस) नुवाकोट जिल्ला कमिटी सदस्यहरुमा, केशव पाण्डे,पदम उप्रेती, केपी लामिछाने, शान्ता अधिकारी, जीतबहादुर बलामी, उज्जल खड्का, नवराज नेपाली, राम थापा, बालकृष्ण आचार्य, सीमा लामा, देवकी पाठक, राजु पाण्डे, जगदीश पाठक लगायत छन् । भेलामा प्रतिनिधिसभा सांसद विरोध खतिवडालगायत नेताहरुको उपस्थिति थियो ।