नुवाकोट । नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेभञ्ज्याङका गायक रामेश्वर भण्डारीको अर्को गीत 'राख्दै गर्नु जमरा काली...' सार्वजनिक भएको छ ।
गायक भण्डारीले नजिकिँदै गरेको दसैंलाई मध्यनजर गरेर भाइकाजी गुरुङको साथमा मिलन फिल्मस् प्रोडक्सनको युट्युव च्यानलमार्फत नयाँ गीत सार्वजनिक गर्नुभएको हो । उक्त गीतमा पुरुष स्वरमा भण्डारी र गुरुङ तथा महिला स्वरमा काँठ क्षेत्रकी चर्चित गायिका प्रतीमा अर्याल र संगीता कार्कीले साथ दिनुभएको छ ।
अशोककुमार सापकोटाको शब्द, भण्डारीको लय र गुरुङ र राजन दुलालको थेगो रहेको गीतमा एरेन्ज नारायण दंगालले गर्नुभएको छ ।
मिलन फिल्मस् प्रोडक्सन प्रा.लिको प्रस्तुति रहेको गीत म्युजिक प्लसमा स्टुडियोमा सोजिता अधिकारीले रेकर्डिङ गर्नुभएको छ । मिक्सिङको भूमिकामा प्रेमदीप राम्जाली रहनुभएको छ ।
छायाँकन सन्तोष तिमल्सिना सम्पादन रोशन धिताल, श्रृंगार अञ्जना लामिछाने रहेको छ ।
मिलन श्रेष् निर्देशित राख्दै गर्नु जमरा काली म्युजिक भिडियोमा निहारिका थापा, भगवान कार्की, राजन दुलाल, माया घिमिरे र सुजन थापाले अभिनय गर्नुभएको छ ।
भण्डारीले यसअघि 'रुपै रैछ मोहनी लाउनी छुटेपछि झन् धेरै यादव आउने' बोलको गीत बजारमा ल्याउनुभएको थियो । जुन गीत काँठ क्षेत्रमा निकै लोकप्रिय बनिरहेको छ ।
भिडियो