कतार । तामाङ जातिको साझा भवन सहयोगार्थ कतारमा यही २७ जनवरीमा 'ल्होछार कन्सर्ट-२०२३' हुने भएको छ ।
मञ्जुश्री संम्वत २८५९ सोनाम ल्होछार ( ह्योयी ल्हो/ बिरालो वर्ष) को पवन अवसरमा तामाङ जातिको साझा भवन (ग्रेन गे दिम ) खरिदार्थ सहयोगका लागि कन्सर्ट हुन लागेको आयोजक नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारका महासचिव तथा ल्होछार प्रचारप्रसार समिति संयोजक विकास लामाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम २७ जनवरीमा दिउँसो २:०० बजे सुरु हुनेछ । गेट खुल्ने १२:३० बजे नै खुल्ने छ ।
कार्यक्रममा नेपालबाट अमन्त्रित अतिथि कलाकारहरु भ्वाइस अफ नेपालका कोच तथा गायक राजु लामा, सेलो गायिका रेश्म बम्जन तामाङ, म्हेन्दोमाया गायिका मनमाया वाइबा तामाङ तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ ।
यातायातका लागि ग्रण्डमलबाट पहिलो बस छुटने समय : ११:०० बजे र अन्तिम बस छुट्ने समय १:३० बजे छुट्ने पनि आयोजकले जनाएको छ । टिकट बुकिङका लागि नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको फेसबुक पेज सँगसँगै घेदुङका पदाधिकारीहरुसँग सम्पर्क गर्न महासचिव लामाले अनुरोध गर्नुभएको छ ।
ल्होछारमा रम्न र रमाउनका लागि दोहा कतारमा रहनुहुने सम्पूर्ण नेपाली व्यवसायी, कर्मचारी , कलाकार, पत्रकार, आमा बुबा दाजुभाइ दिदीबहिनीहरुमा उपस्थिति लागि अपिल गरिएको छ ।
कार्यक्रमका लागि "सोनाम ल्होछार- २८५९ लाई भव्य रुपले सफल पारौं ।, ग्रेन गे दिम खरिदको लागि आर्थिक अभियान पूरा गरौं ।।" नारासमेत तय गरिएको छ ।