काठमाडौं । नृत्य निर्देशक सङ्घको काठमाडौं चन्द्रगिरि नगर कमिटी गठन भएको छ । शुक्रबार इन्द्रदहमा एक कार्यक्रम गरी आइतसिंह थापा मगरको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षद्वय रेशमबहादुर थापा मगर र दिपेन्द्र थापा मगर, सचिव कृष्णबहादुर भट्टा र कोषाध्यक्ष बबिता गोपाली रहनुभएको छ ।
सदस्यहरू लेखबहादुर थापा मगर ‘सोति अन्जन’, अप्सरा बस्नेत र सुजन श्रेष्ठ चयन हुनुभएको संघका काठमाडौं जिल्ला शाखा अध्यक्ष बुद्ध लामाले जानकारी दिनुभयो ।
सङ्घ काठमाडौ शाखाका अध्यक्ष बुद्ध लामाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाई दिँदै पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गर्न, कला, संस्कृतिलाई जोगाउन कलाकारको ठूलो भूमिका रहने बताउनुभयो । उहाँले सङ्घमा रहेका कलाकारले देशको लागि अहम् भूमिका खेल्ने बताउँदै कलालाई शिक्षामार्फत नगरबाटै लागू गर्न योजनाहरू अघि सार्ने प्रयासमा गर्ने बताउनुभयो ।
यस्तै संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले हामी पेसागत हिसाबले अगाडि बढेपछि संघ पनि आवश्यकता हुने हुँदा यसलाई फराकिलो बनाउन शाखाहरु गठन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सङ्घ काठमाडौँ शाखाका सल्लाहकार रोचक थापा, चन्द्रागिरी नृत्य कलाकर्मी संघका अध्यक्ष एवम् केन्द्रीय सहसचिव रबि राना मगर, भक्तपुर शाखाका अध्यक्ष चुडामणिा फुयाल र ललितपुर शाखाका अध्यक्ष प्रदीप रमण डंगोल, केन्द्रीय सहकोषाध्यक्ष केशव कोइरालालगायतको उपस्थिति थियो ।