सिन्धुली । मरिण गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
एक साता सम्म सञ्चालन भएको खेलकुद प्रतियोगिताको पुरुष फुटबल तर्फ वडा नं. ३ ले प्रथम स्थान प्राप्त गरेको छ भने वडा नम्बर ६ दोस्रो भएको छ । प्रथम विजेतालाई एक लाख र दोस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
यस्तै महिला फुटबल तर्फ प्रथम स्थान हासिल गर्न वडा ४ सफल भएको छ भने वडा नम्बर ३ दोस्रो भएको छ ।
प्रथम स्थान हासिल गर्ने टिमलाई एक लाख दोस्रो हुने टिमलाई पचास हजार रुपैयाँ पुरस्कार वितरण गरिएको छ ।
पुरुष भलिबल तर्फको उपाधि वडा नं. ४ ले हात पारेको छ भने वडा नम्बर ६ दोस्रो भएको छ । प्रथमलाई बीस हजार र दोस्रोलाई दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
यस्तै महिला भलिबल तर्फ वडा नं. ३ प्रथम र वडा नम्बर २ ले दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
पहिलोलाई बीस र दोस्रोलाई १० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको छ ।
ब्याडमिन्टन तर्फ पनि वडा नम्बर ३ प्रथम र वडा नम्बर ४ दोस्रो भएको छ । प्रथमलाई दश र दोस्रोलाई पाँच हजार रुपैयाँ पुरस्कार राशि र मेडल वितरण गरिएको छ ।
”“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद युवा सशक्तीकरण पहिचानका लागि खेलकुद” भन्ने नाराका साथ भएको खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले प्रमाणपत्र, मेडल र पुरस्कार रकम सहित सम्मान गर्नुभएको थियो ।
युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सागर थिङको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रमुख धर्मराज खत्री, अतिथि राजनैतिक दलका प्रतिनिधिहरू, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, गाउँपालिका तथा वडा स्तरीय युवा तथा खेलकुद विकास समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।