काठमाडौं । पानस हर्बल उद्योगले प्राकृतिक तेल तथा जडीबुटीहरूको मिश्रणबाट तयार ‘जैतुन मिक्स मसाज तेल’ बजारमा उपलब्ध गराएको छ ।
उद्योगका अनुसार यो तेल विभिन्न प्रकारका शारीरिक दुखाइ, मांसपेशी दुख्ने तथा तन्किने समस्या र जोर्नीसम्बन्धी असहजतामा मसाजका लागि प्रयोग गर्न सकिने जनाएको छ ।
नयाँ जैतुन मिक्स आयुर्वेदिक मसाज तेल प्राकृतिक तेल तथा जडीबुटी जन्य सामग्रीहरूको मिश्रणबाट तयार गरिएको उद्योगले जनाएको छ ।
यस आयुर्वेदिक मसाज तेलमा जाइफल, लसुन, तुलसी, ल्वाङ, एलोभेरा, अजवाइन, युकालिप्टस, पेपरमिन्ट, भीमसेनी कपूर तथा जैतुन (Olive) लगायतका सामग्रीहरू समावेश गरिएको उल्लेख गरिएको छ ।
मुख्य विशेषताहरू जोर्नी, ढाड, कम्मर, काँध तथा मांसपेशी दुख्ने र तन्किने समस्यामा मसाजका लागि प्रयोग गर्न सकिने उद्योगले जनाएको छ ।