अमेरिका । नेपालको तनहुँ जिल्ला बन्दीपुरमा जन्मनुभएकी नग्मा गुरुङ यसपटक 'मिस नेपाल नर्थ अमेरिका २०२१' को प्रतिस्पर्धामा उत्रिनु भएको छ ।
सानैदेखि समाजसेवा रुचाउने नग्माले यही अगस्ट ७ तारिखमा न्यूयोर्कमा हुने सुन्दरी प्रतियोगितामा अन्तिम प्रतिस्पर्धा गर्न लाग्नुभएको हो । सन् २०१५ मा अमेरिका आउनुभएका उहाँ मेरिल्यान्ड राज्यमा बस्दै आउनुभएको छ ।
डान्सिङ र ड्रोइङमा चाह राख्ने नग्मा आर्टस् म्यानेजमेन्ट फ्याकेल्टी लिएर पढिरहनु भएको छ । सकेसम्म टाइटल जित्ने आशामा रहनु भएका नग्माले जिते पनि नजिते पनि नेपालमा गएर वेमन सेफ्टीसम्बन्धी संस्था खोल्ने, सहर तथा विकट स्थानमा बसोबास गरेका स-साना बालबालिकालाई सेल्फ डिफेन्स मेटेरियल्स वितरणको योजना रहेको सुनाउनुभयो ।
मुमा मिरा गुरुङको प्रेरणा र प्रोत्साहनले आफ्नो मनबल उच्च रहेको बताउँदै प्रतियोगी नम्बर ९ की नग्माले आफूलाई भोट गर्न सबैसामु अपीलसमेत गर्नु भएको छ । उहाँलाई भोट गर्न LOG ON TO WEBSITE WWW.MISSNEPALNORTHAMERICPAGENT.COM मा जानु हुन अनुरोध गर्नुभएको छ ।
नग्मा गुरुङ जिताऔं अभियानले न्युयोर्कमा शुक्रबार जुलाई ३० मा गरेको पत्रकार सम्मेलनमा आयोजकले यो सुन्दरी प्रतियोगितामात्रै नभएको भन्दै नारीहरुको क्षमता प्रदर्शन गर्न थलो भएकोले सबैले भोट दिएर सहयोग गर्न अपील गरेका थिए ।
पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष लोक चेम्जोङ, नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) संघीय परिषद्का सभामुख तथा मुस्ताङ किदुग अमेरिकका संरक्षक एवं मिस नेपाल नोर्थ अमेरिकाका सल्लाहकार राजकुमार विष्ट, एनआरएनए न्युयोर्क च्याप्टरका उपाध्यक्ष शोभाकान्त पाण्डे, फिप्नाका वरिष्ठ उपाध्यक्ष पदम गुरुङ, घ्यलसुम्दो सेवा संस्था अमेरिकाका अध्यक्ष निमा लामा, गुरुङ तमु परिवारका अध्यक्ष मनिता गुरुङ, किरात याक्थङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाङसुम लिम्बू, युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, मिडियाकर्मी दिवाकार बागचन्द, रुपान्तरण मिडियाका सम्पादक आकुर लुइँटेल, मिडियाकर्मी सुनिता कोइराला, कलाकार बसन्ती राई पुस्कार बराललगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल ईन अमेरिकाका अध्यक्ष छेपाक धोर्जे गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका कोषाध्यक्ष छोजुम लामालगायतका कलाकार तथा शुभचिन्तकहरुको उपस्थिति थियो ।
चर्चित लोकगायक तथा नेपाली अमेरिकन कलाकार संघ अमेरिकाका महासचिव बिमल डाँगीले कार्यक्रम सञ्चालन गरिएको थियो भने निग्मा गुरुङका सिङगल मम मिरा गुरुङले स्वागत तथा सबैमा छोरीलाई हौसला स्वरुप आफनो अमूल्य समय दिई आई दिनु भएकोमा हृदयदेखि नै हार्दिक धन्यवाद दिनुभएको थियो ।
कार्यक्रमका संयोजक तथा चलचित्र नायिका, निर्माता तथा न्युयोर्कका सबैका लोकप्रिय एन्सर्ज गुरुङले पुन:सबैमा धन्यवाद व्यक्त गर्नु भयो ।