लमजुङ । सर्जक तथा लेखक प्रेम गुरुङको शब्द रचना रहेको म्युजिक भिडियो 'नीउरी गाउँ' विमोचन गरिएको छ ।
अमर युवा क्लबले लमजुङ मर्स्याङ्दी गाउँपालिका ५ मा अवस्थित सयपत्री आमा समूहको भवन नीउरीमा आयोजना गरेको कार्यक्रममा 'घर त मेरो नीउरी'का सर्जक प्रमुख अतिथि प्रेम गुरुङले म्युजिक भिडियो विमोचन गर्नुभएको हो । क्लबका अध्यक्ष पञ्चबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सदस्य युवराज गुरुङले गर्नुभएको थियो । कार्यक्रम शिक्षिका सोमकुमारी गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङकी आमा योबी गुरुङ र काइँला दाजु, समाजसेवी एवं सामाजिक अभियन्ता मणिप्रसाद गुरुङ विशेष अतिथी रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रेम गुरुङ, विशेष अतिथि मणिप्रसाद गुरुङ, समाजसेवी चिसाङ गुरुङ, हङकङ- लमजुङ सेवा समाजका अध्यक्ष एवं हङकङ सहारा क्ल्बका प्रथम उपाध्यक्ष सरोज गुरुङ, वडा सदस्य बिच्छीबहादुर गुरुङ, समाजसेवी कुशकाशी गुरुङ र क्लबका उपाध्यक्ष मिराज गुरुङले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा मेघप्रसाद गुरुङ, पुजन गुरुङ, कर्साङ गुरुङ, मेग राशी गुरुङ, बैँसबहादुर गुरुङ, कमलबहादुर गुरुङ लगायतका समाजसेवी तथा बुद्धिजीवीहरु, क्लबका सदस्यहरु, आमा समूह र कलाकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रेम गुरुङ (बेलायत), नायिका अस्मि गुरुङ, नव कलाकार प्रेम गुरुङ (अमेरिका) र निर्देशक कमल गुरुङलाई मायाको चिनो र खादा लगाई सम्मान गरियो । सोही अवसरमा कोरस (सामूहिक नृत्य) कलाकारहरु मनिसा गुरुङ, अयुष्मा गुरुङ (सञ्जापु), अयुष्मा गुरुङ (नीउरी), सिर्जना गुरुङ, सपना गुरुङ, देवी गुरुङ, दनमाया गुरुङ, रिना गुरुङ, यो काशी गुरुङ, मनोज गुरुङ, अतिश गुरुङ, अमिर गुरुङ, रोशन गुरुङ र रितम गुरुङलाई सम्मान पत्र तथा खादाबाट सम्मान गरिनुका साथै आर्थिक सहायोग गर्ने दाताहरुलाई सम्मानपत्र तथा खादाले सम्मान गरिएको थियो ।
अमर युवा क्लबले नियुरी गाउँ चिनारी म्युजिक भिडियोमार्फत देश तथा विदेशमा प्रचार तथा प्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सयपत्री आमा समूहको व्यवस्थापनमा र क्लबको नेतृत्वमा गाउँको शुभेच्छुकहरुको आर्थिक सहयोगमा 'घर त मेरो नीउरी' म्युजिक भिडियो निर्माण गरेको जनाएको छ । म्युजिक भिडियोमा नायिका अस्मि गुरुङ र नवप्रतिभा कलाकार प्रेम गुरुङ (अमेरिका) र क्लबका नवकलाकारहरुको प्रस्तुति देख्न सकिन्छ ।
पुर्ख्यौली घर नियुरी, बाहुनडाँडा घर भइ हाल बेलायत बस्ने प्रेम गुरुङको शब्द रचना, संगीत धनबहादुर गुरुङ (पोखरा), नायिका अस्मि गुरुङ र प्रेम गुरुङ (अमेरिका) को अभिनय रहेको छ भने भिडियोमा कमल गुरुङको निर्देशन र सहनिर्देशक भारती घलेको नृत्य निर्देशन रहेको छ ।
गुरुङ चलचित्रका चर्चित छायांकार स्व. खिम घले र सन्देश गुरुङले छायांकन गरेको म्युजिक भिडियो सम्पादन प्रवीण नेपाली, व्यवस्थापक पञ्चबहादुर गुरुङ रहनुभएको छ भने ह्वाईट लोटस स्टुडियो पोखराको ब्यानरमा म्युजिक भिडियो निर्माण गरिएको हो ।
भिडियो विमोचनपछि yajamro entertentment को युट्युब च्यानलबाट गत साता प्रसारण गरिएको छ । नीउरी उत्तरी लमजुङ जिल्लाको साबिक घेर्मु गाउँ विकास समिति वडा नं. ४ र हालको ग.प्र. लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका वडा न. ५ को नीउरी टोल हो ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण र कला, संस्कृतिको धनी गाउँ मानिन्छ नीउरी । यहाँ परम्परागत शैलीमा मारुनी नाच, सतीघाटु नाच्ने चलन छ । अन्नपूर्ण पदमार्गको घेर्मु माथि रहेको नीउरी गाउँबाट सिधा हेर्दा प्राकृतिक छटाले भरिएको स्याङ्गे झरना बिहानीको सूर्यको किरणसँगै सप्तरङ्गी इन्द्रेणी हेर्न पाइन्छ ।
लमजुङ हिमाल, हिउचुली हिमालको काखमा अवस्थित नियुरी गाउँका अमर युवा क्लब तथा सयपत्री आमा समूहले गाउँमा आन्तरिक तथा बाह्य पर्यटन विकास गर्ने उद्देश्यले म्युजिक भिडियो निर्माण गरिएको क्लबका उपाध्यक्ष मिराज गुरुङले बताउनुभयो ।
यसैबीच, प्रेम गुरुङको नयाँ गीत छिट्टै बजारमा आउने जानकारी दिइएको छ । गुरुङ भाषाको 'तम तम ङोल्सो म्ही थेबा' बोलको गीत चाँडै सार्वजनिक हुने सर्जक गुरुङले जानकारी दिनुभयो । नयाँ गीतमा केश गुरुङको शब्द र प्रेम गुरुङको स्वर रहेको छ ।
भिडियो