काठमाडौं । नृत्य निर्देशक संघ नेपाल तार्केश्वर नगर कमिटी गठन भएको छ । तार्केश्वरस्थित रि एण्ड कि फिल्मस् प्रालिको सभाहल शनिबार आयोजित कार्यक्रममा टेकबहादुर लामाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
नवगठित कमिटी उपाध्यक्षमा लालकृष्ण विश्वकर्मा, शोभा थापा तामाङ, सचिवमा रभी कार्की, सहसचिवमा प्रभात श्रेष्ठ, कोषाध्यक्षमा रुपा क्षेत्री, सहकोषाध्यक्षमा दिपक गुरुङ चयन हुनुभएको छ ।
सदस्यहरुमा कालु तामाङ, सन्तोष कुमाल, पारसकुमार अधिकारी, ज्ञानेन्द्रबहादुर खड्का, कविता बुढा मगर र लक्षी थापा रहनुभएको छ ।
काठमाडौं जिल्ला अध्यक्ष बुद्ध लामाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ, विशेष अतिथिमा केन्द्रीय सहकोषाध्यक्ष र भक्तपुर जिल्ला शाखाको अध्यक्ष चुडामणि फुयाल, सदस्य सल्मा राई, चन्द्रागिरि नगर कमिटीका अध्यक्ष आइतसिं मगर (कृष्ण राना), उपाध्यक्ष रेशमबहादुर मगर, सचिव कृष्ण विराज भट्ट, गोकर्णेश्वर नगर कमिटी अध्यक्ष बाबु विश्वकर्मा, सचिव सुमित ब्लोन उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा काठमाडौं जिल्ला उपाध्यक्ष महेश थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने जिल्ला सचिव देवराज गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रमुख अतिथि एवं केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले संस्थामा १ हजार जनाको हाराहारीमा नृत्य,निर्देशकहरु जोडिएको जानकारी गराउनुहुँदै आफूलाई खुसी महसुस भएको बताउनुभयो । उहाँले त्यसक्रममा फागुन ६ गते भक्तपुरको मध्यपुर ठिमीमा हुन गइरहेको 'राष्ट्रिय नृत्य महोत्सव-२०७८' मा उपस्थितिका लागि निमन्त्रणासमेत गर्नुभयो ।
कार्यक्रममा चन्द्रागिरी नगर कमिटीको अध्यक्ष आइतसिं मगर, सचिव कृष्ण विराज भट्ट, गोकर्णेस्वर कमिटी अध्यक्ष बाबु विश्वकर्मा, भक्तलुर जिल्ला अध्यक्ष चुडामणि फुयाल, केन्द्रीय सहकोषाध्यक्ष केशव कोइरालालगायत अतिथिहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
नवगठित कार्यसमितिलाई जिल्ला अध्यक्ष एवम् कार्यक्रम सभापति बुद्ध लामाले पद तथा गोपनियताको शपथग्रहण गराउनुका साथै प्रमाण पत्र वितरण गर्नुभएको थियो । कार्यक्रम बिसर्जन गर्नुहुँदै अध्यक्ष लामाले नगर कमिटी थप भएकोमा एक खुड्किलो सफलता प्राप्त गरेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।
२०७३ साउन २६ गते जिल्ला प्रशासन कार्यलयमा विधिवत रुपमा दर्ता भएको संघको हालसम्म नेपालभर १५ वटाभन्दा बढी शाखाहरु गठन भइसकेको छ । यसअघि काठमाडौं जिल्ला शाखाअन्तर्गत चन्द्रागिरि, गोकर्णेश्वर नगर कमिटी गठन भइसकेको छ ।