काठमाडौं । चर्चित गायक फूलकुमार बम्जन र गायिका निर्मला घिसिङको स्वरमा सजिएको तामाङ जागरण गीत 'उठ्नुपर्छ' सार्वजनिक भएको छ । गीतकार दिलीप योञ्जन तामाङको लेखन र राजेश थापाको संगीत रहेको उक्त गीत शुक्रबार संगीतकार थापाको आधिकारिक युट्युब च्यानलमामार्फत सार्वजनिक गरिएको हो ।
'उठ्नु पर्छ उठाउनु पर्छ, हामी तामाङ एक हुनुपर्छ धर्म कर्म रीतिरिवाज जोगाउन, हामी सबै जुट्नु पर्छ ! (नजुटी हुन्न नमिली हुन्न याङ्ला रिमठिम, जोगाउन (तामाङ भनी चिनाउन) जस्ता मार्मिक र जागृत गर्ने खालका शब्दहरु समाविष्ट गरिएको छ । एरेन्ज पवन वाङ लामा, रेकर्डिङ राजेश श्रेष्ठ, मिक्स/मास्टरिङ किशोर थापाले गर्नुभएको छ भने उक्त गीत ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो । निर्माताको रुमा लक्ष्मी गुरुङ तामाङ रहनु भएको छ ।
भिडियो निर्देशन एकान्त मगर, क्यामरामा एमके बाबु मगर, इडिटिङ एकान्त मगर र पोस्ट प्रोडक्सन डिजिटल क्रियसन मिडियाले गरेको छ ।
यस्तो छ गीतका शब्दहरु
'उठ्नु पर्छ उठाउनु पर्छ, हामी तामाङ एक हुनुपर्छ
धर्म कर्म रीतिरिवाज जोगाउन, हामी सबै जुट्नु पर्छ !
(नजुटी हुन्न नमिली हुन्न याङ्ला रिमठिम, जोगाउन (तामाङ भनी चिनाउन)
पूर्व पश्चिम उतर दक्षिण, जहाँ बसेनी तमाङ एउटै सान्तीको दुत बिस्वले मान्ने,
बुद्धत हो हाम्रो देउतै मिल्नु पर्छ
मिलाउनु पर्छ हामी तमाङ एक हुनु पर्छ
धर्म कर्म रिति .....
हाम्रो भाषा सांस्कृतीलाई, अजर अमर बनाउनु पर्छ
मेटाइएका ईतिहास हाम्रो, खोजी लेखी बचाउनु पर्छ
अझै तामाङ मास्नखोजे लड्नभिड्न जुट्नु पर्छ
धर्म ....
कर्म शिक्षाको धार उद्याउदै, अब शिक्षित बनाउनु पर्छ
दबाइएका हाम्रो अावाज, विश्वभरि सुनाउनुपर्छ
दास हैइनौ नागरिक भै तमाङहरु एक हुनु पर्छ
धर्म कर्म .......
शब्द : दिलिप योन्जन संगीत , राजेश थापा ।
एरेन्जर : पवन वाङ लामा
स्वार : फूल कुमार बम्जन /निर्मला घिसिङ