काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट झन्डै चार दर्जन प्रमुखमा तामाङ समुदायबाट प्रतिनिधित्व भएको पाइएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार देशभरका ७५३ पालिकामध्ये ४७ जना तामाङ उपमहानगरपालिका/नगरपालिका/गाउँपालिका प्रमुख बन्नुभएको छ । पहिचान भएअनुसार नेपाली कांग्रेसबाट १७ जना, नेकपा माओवादी केन्द्रबाट १६, नेकपा एमालेबाट ११ जना र नेकपा (एकीकृत समाजवादी) बाट ३ जना प्रमुखमा निर्वाचित हुनुभएको छ ।
तुलनात्मकरुपमा ३ सयभन्दा बढी कांग्रेस र २ सयभन्दा बढी पालिका जितेको एमालेबाट प्रमुखमा कम तामाङ निर्वाचित हुनुभएको छ । १२१ ठाउँमा निर्वाचित माओवादी केन्द्रबाट मात्रै १६ जना निर्वाचित हुनुभएको छ । तामाङ समुदायकै भए पनि सम्बन्धित व्यक्तिले जात परिवर्तन र थरअनुसार कागजात बनाइएकोले कतिपय प्रमुखको पहिचान छुट्याउन गाह्रो परेकोले यी तथ्यांक मोटामोटीरुपमा प्रस्तुत गरेका हौं । जस्तै नुवाकोटको बेलकोटगढी नगरपालिका प्रमुखमा निर्वाचित जगत लामा तामाङ हुनुहुन्छ । तर कागजात र निर्वाचन आयोगको तथ्यांकमा उहाँको नाम जगतबहादुर गुरुङ उल्लेख छ ।
हेरौं को कहाँबाट निर्वाचित ?
कांग्रेस
१. आइतमान तामाङ, मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक
२. कुन्साङ लामा, नमोबुद्ध नगरपालिका, काभ्रे
३. दिनेश लामा, रोशी गाउँपालिका, काभ्रे
४. चन्द्रबहादुर लामा, तेमाल गाउँपालिका, काभ्रे
५. वीरबहादुर लोप्चन, बागमती गाउँपालिका, ललितपुर
६. दोर्जे लामा स्याङतान, मकवानपुर गढी गाउँपालिका, मकवानपुर
७. लोकबहादुर मुक्तान, कैलाश गाउँपालिका, मकवानपुर
८. छबि लामा, बैत्यस्वर गाउँपालिका, दोलखा
९. शन्तमान तामाङ, तादी गाउँपालिका, नुवाकोट
१०.आशा तामाङ, म्यागङ गाउँपालिका, नुवाकोट
११. सन्तबहादुर तामाङ, सुर्यगढी गाउँपालिका, नुावकोट
१२. कोन्जो तेन्जिङ लामा, नार्पा भूमि गाउँपालिका, मनाङ
१३ जगतबहादुर भोलन, घ्याङलेख गाउँपालिका, सिन्धुली
१४.बुचुङ तामाङ, आमाछोदिङमो गाउँपालिका, रसुवा
१५.रणबहादुर तामाङ, खनियाबास गाउँपालिका, धादिङ
१६.भक्तबहादुर लामा, गंगाजमुना गाउँपालिका, धादिङ
१७. कमल तामाङ पाख्रिन, सुनकोसी गाउँपालिका, ओखलढुंगा
माओवादी केन्द्र
१. जगतबहादुर गुरुङ (जगत लामा), बेलकोटगढी नगरपालिका, नुवाकोट
२. तेजबहादुर तामाङ ‘रमेश’, पञ्चकन्या गाउँपालिका, नुवाकोट
३. सुमन तामाङ ‘सज्जन’, ककनी गाउँपालिका, नुवाकोट
४. राजु लामा, लिसंखुपाखर गाउँपालिका, सिन्धुपाल्चोक
५. रेशम स्याङबो तामाङ, जुगल गाउँपालिका, सिन्धुपाल्चोक
६. गंगाबहादुर तामाङ, बलेफी गाउँपालिका, सिन्धुपाल्चोक
७. मैनकुमार मोक्तान, दोराम्बा सैलुङ गाउँपालिका, रामेछाप
८. ठूलोकान्छा तामाङ, सुनापती गाउँपालिका, रामेछाप
९. रामसिं तामाङ, रुविभ्याली गाउँपालिका, धादिङ
१०. इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ खानीखोला गाउँपालिका, काभ्रे
११.कान्छालाल जिम्बा, महाभारत गाउँपालिका, काभ्रे
१२. सर्केस घलान, बागमती गाउँपालिका, मकवानपुर
१३. बिमर्श मोक्तान, मरिन गाउँपालिका, सिन्धुली
१४. बज्रध्वज वाइबा, हरिहरपुरगढी गाउँपालिका, सिन्धुली
१५. निमा लामा, चुम नुव्री गाउँपालिका, गोरखा
१६. प्रेमबहादुर लामा, नाम्खा गाउँपालिका, हुम्ला
एमाले
१. चिन्तन तामाङ थिङ, धनकुटा नगरपालिका, धनकुटा
२. कुलमान (कालुमान) लामा, चौदण्डी नगरपालिका, उदयपुर
३. कृष्णकुमार तामाङ, चैनपुर नगरपालिका, संखुवासभा
४. बलदेवसिं गोम्देन तामाङ, अर्जुनधारा नगरपालिका, झापा
५. हिदम लामा, भिमफेदी गाउँपालिका, मकवानपुर
६. हिराकुमार तामाङ, मेलुङ गाउँपालिका, दोलखा
७. कैसाङ नुर्पु तामाङ, गोसाइकुण्ड गाउँपालिका, रसुवा
८. बिरबल तामाङ, किस्पाङ गाउँपालिका, नुवाकोट
९. टासी लामा, पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोक
१०. कृष्णमान घिसिङ, कोन्ज्योसोम गाउँपालिका, ललितपुर
११. वाङ छेदर लामा, भोटखोला गाउँपालिका, संखुवासभा
एकीकृत समाजवादी
१. मीनाकुमारी लामा, हेटौंडा उपमहानगरपालिका, मकवानपुर
२. टोकबहादुर वाइबा, मण्डन देउपुर नगरपालिका, काभ्रे
३. शम्शेर लामा, राप्ती नगरपालिका, चितवन