२०७९ जेठ १३ गतेसम्म आइपुग्दा लगभग १५ वर्ष बितेछ। गलामा माओवादीको ट्याग, पार्टी संगठन, देश र जनताको निम्ति हाँसी-हाँसी फाँसी चढ्न तयार हुँदै हँसिया हथौडा अंकित झन्डा काँधमा भिरेर वाईसीएल नेपालमा आबद्ध भएको । कहिल्यै पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टीको नाम लिलाम गर्न सकिएन, लाल झन्डामा दाग लगाउन सकिएन, नेतृत्वको निर्देशनविपरीत उभिन सकिएन, पार्टी भित्रका सक्रिय गुट-उपगुटको सिकार हुन सकिएन, पार्टीविरुद्ध गतिविधि गरेर कारबाहीको भागिदार हुन पनि सकिएन, पार्टीलाई धोका दिन, हराउन, बद्नाम गर्न र संगठनलाई ध्वस्त पार्ने उद्देश्य बोकेका अराजकको सूचीमा अटाउन पनि सकिएन । यसमा मेरो के दोष !!
कतिपय कुराहरुमा साँचो बोलेरै झुटो बनियो, तर आफ्नो ईमान कहिल्यै गुमाउन सकिएन। शरीरमा एक थोपा रगत रहुन्जेल विश्व कम्युनिस्ट आन्दोलन र जनवादी केन्द्रीयतालाई साक्षी राखेर न्यायसहितको समाजवादी क्रान्तिमा होमिएको छु । मबाट कहिल्यै यस्ता किसिमको कार्य हुने छैन र हुन पनि दिने छैन ।
नुवाकोट जिल्लाको सन्दर्भमा हितबहादुर तामाङ र राधिका तामाङको कार्यकर्ता हुँ । अझ त्यसभन्दा अगाडि म माओवादी केन्द्रको नेतृत्वमा समाजवादी क्रान्तिको यात्राको एउटा योद्धा हुँ । नेता जुनसुकै पार्टीको हुनसक्छ, आफ्नो कार्यकर्तामाथि अन्यायको कुराले वास्तविकता के हो ? यथार्थ के हो भन्ने?? बुझ्ने चाख नेताले राख्दछ र यसलाई सामान्य मान्नुपर्दछ ।
विषय अलि फरक छ, जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजना पुल्चोक ललितपुरअन्तर्गत कार्यालयबाट विनियोजित बजेटको काम थियो, उक्त बजेट हाम्रा अग्रज महान् नेता क. रजमान तामाङको पहलमा पारिएको भन्ने कुरा आयो, तर यसमा कति सत्यता छ उहाँहरु स्वयं जान्दछ । कार्यालयका साइड इन्जिनियर चक्रसिंह बमको सल्लाह र प्राविधिक स्टमेटअनुसार काम गरियो । कार्यसम्पन्नपश्चात् भुक्तानीका लागि कार्यालय बोलाइयो, जबसम्म कि उक्त काम कति लागतको थियो । वा सम्झौता रकम कति थियो । त्यतिसम्म पनि समितिलाई थाहा थिएन । भुक्तानी लिनको लागि निरन्तर लामो प्रयास जारी रह्यो । दिन बित्यो, हप्तौं बित्यो, महिनौं बित्यो । अन्तत: सम्झौता रकम, सेटिङ्गको बजेट, समितिको चेक, छाप, माईन्यूट सबै बिचौलियालाई सुम्पन पर्ने इत्यादि कुराहरु छर्लङ्ग पारियो । यसबीचमा मैले खेपेका धम्की, दबाब, गालीगलौच, ती अपशब्दहरु म जतिको युवालाई पटक्कै सैह्य थिएन । यसै क्रममा बजेट पहलकर्ता क. रजमान तामाङकै रोहबरमा समितिलाई योजनाको कुल बजेटको २५% रकम बराबर बिचौलियाको व्यक्तिगत चेकबाट थमाइदियो । यसरी पछि समितिले आफ्नो खाता चेक गर्दा बिचौलियाको नामबाट कृषि बिकास बैंक सामाखुसी शाखाबाट सम्पूर्ण रकम निकालिएको देखियो । वास्तविकता यही थियो ।
न्यायको अपीलमा सामाजिक संजालमा पोस्ट्याउनु पर्ने त यी पीडित समितिहरुले थियो । फेरि, सबै कम्रेड रजमान तामाङकै इच्छाअनुसार नै समितिले कुल बजेटको २५% मा चित्त बुझाएको थियो । तर पनि ०७९/०२/१२ गते अर्थात् हिजो क. रजमान तामाङ आफै सामाजिक संजालमा पोस्ट्याएर नाङ्गै नाच्न थाल्नुभयो। कमरेडको पोस्टमा मलाई अझै केही कमि महसुस भएको थियो । भिम तामाङ, दिपक तामाङ सँगसँगै अर्कापीडित पञ्चकन्या गाउँपालिका नुवाकोटका गणेश घलेको नाम कमी भएको थियो, तर पछि उहाँको पोस्ट हटाइएको पाइयो । म उहाँलाई प्रश्न्न गर्न चाहन्छु- दाइ कमरेड तपाईं यदि सही हुनुहुन्थ्यो त, पोस्ट किन हटाउनु भयो ?? किन राख्न सक्नुभएन पोस्ट ?? मेन भिलेन पर्दा पछाडि बसेर पन्छिन खोज्नु अलि सुहाउँदैन । आउनुहोस् सबैको आँखा अगाडि विगतका एक/एक समयलाई रिप्ले गरेर देखाइदिउ र दूधको दूध पानीको पानी छुट्याइदिउँ, नडराउनोस् तपाईंसँग छैन भने म सँग छ, फूल पिक्चर । पीडितलाई न्याय दिलाउनोस् ।
फेरि पनि याद रहोस् ! छ्लछाम, तिकडम गर्न जानिएन । झुट बोलेर राम्रो बन्न जानिएन । सत्य बोलेरै नराम्रो बनियो । यस विषयको सम्पूर्ण प्रमाण, स्टेटमेन, रेकर्डहरु सुरक्षित राखेको छु । समय सान्दर्भिक पेस गर्नेछु ।
दिपक तामाङको फेसबुकबाट साभार