काठमाडौं । मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२ को उपाधि नम्रता तामाङ र आशा थापाले जित्नु भएको छ ।
एसके ईन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा मिसेस ईण्डिजिनियस-२०२१ तर्फ फर्स्ट रनरअप, भिउर्स च्वाइस सिता तामाङ, सेकेन्ड रनरअप लक्ष्मी गुरुङ, थर्ड रनरअपको टाइटल निरु राईले जित्नु भयो ।
अर्गनाइजर च्वाईस क्रिष्टिना आले मगर, पब्लिक चवाइस शान्ता तामाङ, पपुलर रुपा थापा मगर, पर्सनालिटी सिता तामाङ, कन्फिडेण्ट सपना तामाङ लोप्चन, बेष्ट वाल्क शान्ता तामाङ, बेष्ट स्माईल रुपा थापा मगर, फोटोजेनिक र ट्यालेन्ट आशा थापा, डिसिप्लिन पायल गहतराज, पंचुअल र फ्रेण्ड्ली लक्ष्मी गुरुङ, बेस्ट स्किन निरु राई, बेष्ट हेयर रेखा गुरुङ र इनोसेन्ट सुशीला तामाङ बन्नुभयो ।
मिस ईण्डिजिनियस-२०२१ तर्फ फर्स्ट रनरअप, पंचुअल, भिउवर्स चवाइस र पब्लिक च्वाईस बिमिशा गुरुङ, सेकेन्ड रनरअप मुना बुढामगर, थर्ड रनरअप सबिना गुरुङ, अर्गनाईजर च्वाईस गीता मगर, पपुलर मुना बुढामगर बेष्ट वाल्क सबिना गुरुङ, बेष्ट स्माइल रशिला तामाङ, फोटोजेनिक सबिना गुरुङ, ट्यालेन्ट शान्ति गुरुङ, डिसिप्लिन प्रिया खनाल, स्कीन रेनुका तामाङ, बेष्ट हेयर लक्ष्मी चौधरी, फ्रेन्डली मिना राई र इनोसेन्ट गीता मगरले सब टाइटल जित्न सफल भएको आयोजकले जनाएकफ छ । बिजेताहरुले नगद पुरस्कार सहित ट्रफी, क्राउन लगायत अन्य गिफ्टहरु समेत पाउन सफल भए ।
वाग्मती प्रदेशको उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा काठमाडौंमा भएको प्रतियोगितामा विशेष अतिथिहरु पूर्वराज्य मन्त्री परशुराम तामाङ, प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ रहनु भएको थियो । त्यसैगरी प्रतियोगिताको निर्णायकमा लोकप्रिय नायिका संचिता लुइँटेल, रमला पाख्रिन, रोशन फ्युबा, जगत बराम, केशब थापा, सुमना गुरुङ, गायक निर्णय श्रेष्ठ र टेकराज पाण्डे रहनु भएको थियो ।
आदिवासी जनजातिको कला संस्कृति भेषभूषा, रीतिरिवाज एवं रहनसहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित आदिवासी जनजाति, गृहिणी/व्यावसायिक महिला दिदीबहिनीमार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रियस्तरमा समेत प्रवर्द्धन र सामाजिकीकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भाग लिन पाउने, चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तर्वार्तामा समेत सहभागिता हुन पाउनेछन् ।