लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) को सांगीतिक साँझ सम्पन्न भएको छ ।
जीआरएनसीको निमन्त्रणामा नेपालबाट आएका कलाकारहरुको बेजोड प्रस्तुतिसहित अल्डरसटस्थित एम्पायर हलमा शनिबार ९ जुलाई २०२२ मा सांगीतिक साँझ भएको हो । बेलुकी ७:३० देखि ११ : ० बजेसम्म भएको कार्यक्रममा हास्य कलाकार निर आले, नृत्यांगना रिना थापामगर, लोक तथा दोहारी गायिका शान्तारानी परियार र गायक रनबहादुर थापा (बिलन)ले प्रस्तुति राख्नुभएको थियो ।
औपचारिक कार्यक्रम जीआरएनसीका सदस्य सुष्मा गुरुङले संचालन गर्नुभएको थियो भने कार्यक्रम संयोजक एवं संस्थाका उपाध्यक्ष उत्तरबहादुर गुरुङले हेल्थ एन्ड सेफ्टी र स्वागत भाषण गर्नुभयो ।
अध्यक्ष मान गुरुङले भिक्टोरिया डे मा भाग लिने संस्थाका प्रमुखहरुलाई प्रमाणपत्र र आगन्तुक अथिति कलाकारहरुलाई पुष्पगुच्छा दिनुभएको थियो । कलाकार रिना थापा मगरले पनि मायाको चिनो अध्यक्ष मान गुरुङलाई दिनुभएको थियो ।
त्यसैगरी सांस्कृतिक कार्यक्रम संचालक सांस्कृतिक सहसचिव बिमल गुरुङ, टिकटमा कोषाध्यक्ष श्याम श्रेष्ठ र जगना गुरुङ, हल प्रायोजन पुरन गिरी, राजकुमार गुरुङ र नारन गिरी, डिजेमा गोल्डी, फोटोग्राफी इजरा श्रेष्ठ, सेक्युरिटीमा भुवानीप्रसाङ गुरुङ र उपाध्यक्ष लिला सेलिङ्ग माबोलगायतले सहयोग पुर्याउनुभएको थियो ।
सांगीतिक कार्यक्रमबाट बचेको रकम अत्यावश्यक मानवीय सहयोगमा खर्चिने अध्यक्ष मान गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी वृद्ध बाबाआमाहरुलाई प्रवेश शुल्कमा ५० प्रतिशत छुट दिइएको थियो ।