काठमाडौं । विश्वभरिका तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङले यस वर्षको ल्होछारलाई संघीय कार्यालय (ग्रेन गे दिम) खरिद वर्षको रुपमा मनाउने निर्णय गरेको छ ।
इलामको कन्याममा मंसिर २४ र २५ गते बसेको संघीय कार्यसमितिको तेस्रो बैठकले यस वर्षको सोनाम ल्होछार–२८५९ योयी/तावर ल्हो, स्त्री वर्ष–छ्युअी खामलाई तामाङ घेदुङको ग्रेन गे दिम खरिद वर्षको रूपमा भव्यता साथ सम्पन्न गर्ने निर्णय गरेको मंगलबार केन्द्रीय कार्यालय चुच्चेपाटीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
'सोनाम ल्होछार–२८५९ लाई भव्य रुपले सफल पारौं, ग्रेन गे दिम खरिदको आर्थिक अभियानलाई पूरा गरौं' भन्ने नारासमेत तय भएको घेदुङले जनाएको छ । यस्तै बैठकलेतामाङ घेदुङले ग्रेन गे दिम खरिदका लागि आर्थिक संकलन सहयोगार्थ नेपाल तामाङ संस्कृति घेदुङ, नेपाल तामाङ ताम्बा घेदुङ र नेपाल तामाङ कलाकार संघसँग संयोजन गरी यस वर्ष सोनाम ल्होछार सांस्कृतिक महोत्सव सञ्चालन गर्ने, त्यसका लागि तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजनामा २०७९ माघ ६, ७ र ८ गते काठमाडौंको टुँडिखेलमा र घेदुङ स्थापना दिवसको अवसरमा माघ २०, २१ र २२ गते काठमाडौंको बौद्धमा सोनाम ल्होछार सांस्कृतिक महोत्सव सञ्चालन गर्ने अध्यक्ष मोहन गोले तामाङले जानकारी दिनुभयो ।
त्यसबाहेक संघीय कार्यालयसँग आवश्यक समन्वय गरी अन्य जिल्ला, प्रदेश तथा स्थानीय समितिले समेत ग्रेन गे दिम खरिद सहयोगार्थ सोनाम ल्होछार सांस्कृतिक महोत्सव सञ्चालन गर्न सक्ने पनि घेदुङले विज्ञप्तिमार्फत जनाएको छ । प्रवासस्थित तामाङ संघसंस्थाहरूले सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा नेपालबाट जाने तामाङ कलाकारहरू, नेपाल तामाङ कलाकार संघ, आयोजक संस्था र नेपाल तामाङ घेदुङबीच आवश्यक समन्वय गरी ग्रेन गे दिमलाई सहयोग पुर्याउने, त्यस्ता कार्यक्रमको व्यानरमा नै नेपाल तामाङ घेदुङको ग्रेन गे दिनम खरिदको लागि सहयोगार्थ सोनाम ल्होछार सांस्कृतिक महोत्सव–२८५९ भनेर लेख्ने, ग्रेन गे दिमका लागि आर्थिक सहयोग संकलन गर्न नेपाल तामाङ घेदुङको जिल्ला र स्थानीय समितिहरूले प्रत्येक तामाङ बस्ती र टोलटोलाई केन्द्रित गरी ताम्बा, लामा, बोन्बो र सांस्कृतिक टोलीसहितको साप्ताहिक सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि घेदुङले लिएको छ ।
अहिलेसम्म वाग्मती प्रदेशका ६ वटा पालिकाहरुमा तामाङ मातृभाषाको शिक्षा सञ्चालन भएको जनाउँदै थप पालिकाहरुमा त्यस्तालाई विस्तार गर्न पहल गर्ने निर्णय लिइएको छ ।
यस्तै मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समीक्षा तथा तामाङ आन्दोलनको विकास सम्बन्धमा पनि घेदुङले बैठकमा छलफल गरेको छ । यो निर्वाचनले ताम्सालिङलगायत पहिचान पक्षधर शक्तिलाई अझ खुम्च्याइदिएको छ, संसद्मा संघीयता, गणतन्त्र र धर्म निरपेक्षताविरोधी शक्तिको चलखेल बढ्नसक्ने सम्भावना रहेको, निर्वाचनबाट कुनै पनि पार्टीको बहुमत नआएकोले राजनीतिक अस्थिरताको खतरा भाबी दिनमा अझ बढ्ने स्थिति देखिएको घेदुङको निष्कर्ष छ ।
प्रेस विज्ञप्तिको पूर्णपाठ
नेपाल तामाङ घेदुङ
सङ्घीय कार्यसमितिको तेस्रो बैठकपछि आयोजित पत्रकार सम्मेलन
२४, २५ मंसिर २०७९ । इलामको कन्याम
स्वागत छ ।
१. निर्वाचन समिक्षा तथा तामाङ आन्दोलनको विकास सम्बन्धमा :–
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, २०७९ सम्पन्न भई सो को मत परिणाम समेत आइसकेको सन्दर्भमा बैठकले गम्भीर ढंगबाट निर्वाचन परिणामको समिक्षा गरी घेदुङले निम्न नीति, कार्यक्रमलाई पास गर्यो ।
(क) समिक्षा :–
१. यो निर्वाचनले ताम्सालिङ लगायत पहिचान पक्षधर शक्तिलाई अझ खुम्च्याइदिएको छ,
२. संसदमा सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षता विरोधी शक्तिको चलखेल बढ्नसक्ने सम्भावना छ,
३. निर्वाचनबाट कुनैपनि पार्टीको बहुमत नआएकोले राजनीतिक अस्थिरताको खतरा भावी दिनमा अझ बढ्ने स्थिति छ ।
(ख) हाम्रो नीति तथा कार्यक्रम :–
१. २०६२/६३ को जनआन्दोलन, माओवादी जनयुद्ध, आदिवासी विद्रोह आदिबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पहिचान र अधिकार प्राप्तीका लागि सदैव खबरदारी गर्ने,
२. तामाङ समुदायमाथि परेको सबैखाले विभेद, शोषण, दमन र अन्यायका विरुद्ध संसारको हामी जो, जहाँ रहेपनि आन्तरिक मतभेदलाई कम गर्दै सामूहिक रूपले लड्ने,
३. तामाङ जातिको परम्परागत सांस्कृतिक संस्था (ताम्बा, लामा र बोन्बो), चोहो प्रणाली आदिलाई व्यवस्थित बनाएर लैजाने,
३. तामाङ जातिको राजनीतिक, सामाजिक र सांस्कृतिक आन्दोलनको केन्द्रविन्दू ताम्सालिङ क्षेत्रलाई बनाउने,
४. बहुमतीय निर्वाचन प्रणाली नै भ्रष्ट राज्य व्यवस्थाको मुहान भएको हुँदा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जोडदार आवाज उठाउने,
५. तामाङहरूलाई सांस्कृतिक रूपमा मात्र नभई आगामी दिनमा राजनीतिक रूपमा समेत एकठाउँमा उभ्याउँदै आफ्नै खुट्टामा उभिएको क्रान्तिको विकास गर्ने ।
२. घेदुङको कार्यालय भवन खरिद तथा सहयोग संकलन सम्बन्धमा :–
अहिलेसम्म ३३,२८,२६५÷– रुपैयाँ जम्मा भइसकेको छ ।
नेपाल तामाङ घेदुङको संघीय कार्यालय भवन (ग्रेन गे दिम) खरिदको आर्थिक अभियानलाई तल्लो तहसम्म जोड्न नसकिरहेको पक्षमा बैठकले गम्भीरताका साथ छलफल ग¥यो । सो अभियानलाई तीव्रता दिन सङ्घीय कार्यसमितिमा रहेका सबैले यसअघिकै बैठकको निर्णय बमोजिम कम्तिमा रू. २०,०००÷– (बीस हजार) जम्मा गर्ने र सबैले अन्य व्यक्ति तथा संस्थाबाट कम्तिमा रू. १,००,०००÷– (एकलाख) रकम अनिवार्य संकलन गर्नुपर्ने निर्णय गरियो । साथै,
१. प्रदेश, प्रवास, जिल्ला, भातृसंगठन, विभाग, स्थानीय समिति सबैले एकसाथ अभियान सञ्चालन गर्ने,
२. सङ्घीय कार्यसमितिको चौथो बैठक अगाडि ग्रेन गे दिम खरिदको आर्थिक संकलन अभियानले सबै नसकेपनि एउटा आकार निकाल्ने,
३. सबै सहयोगदाता व्यक्ति र संस्थालाई प्रदेश, जिल्ला र स्थानीय स्तरमै कार्यक्रमको आयोजना गरी सम्मान गर्दै जाने,
४. सोनाम ल्होछार समारोहलाई आर्थिक संकलनको माध्यम बनाउने ।
३. सोनाम ल्होछार सम्बन्धमा :–
यस वर्षको सोनाम ल्होछार–२८५९ योयी÷तावर ल्हो, स्त्री वर्ष–छ्युअी खामलाई नेपाल तामाङ घेदुङको ग्रेन गे दिम खरिद वर्षको रूपमा भव्यता साथ सम्पन्न गर्ने निर्णय गरियो ।
(क) ल्होछारको नारा :–
सोनाम ल्होछार–२८५९ लाई भव्य रुपले सफल पारौं ।
ग्रेन गे दिम खरिदको आर्थिक अभियानलाई पूरा गरौ ।।
(ख) सोनाम ल्होछार–२८५९ सांस्कृतिक महोत्सव सञ्चालन गर्ने :–
नेपाल तामाङ घेदुङले ग्रेन गे दिम खरिदको लागि आर्थिक संकलन सहयोगार्थ नेपाल तामाङ संस्कृति घेदुङ, नेपाल तामाङ ताम्बा घेदुङ र नेपाल तामाङ कलाकार संघसँग संयोजन गरी यस वर्ष सोनाम ल्होछार सांस्कृतिक महोत्सव सञ्चालन गर्नेछ । सो का लागि–
१. नेपाल तामाङ घेदुङ सङ्घीय कार्यसमितिको आयोजनामा मिति २०७९ माघ ६, ७ र ८ गते काठमाडौंको टुँडिखेलमा र घेदुङ स्थापना दिवसको अवसरमा मिति २०७९ माघ २०, २१ र २२ गते काठमाडौंको बौद्धमा सोनाम ल्होछार सांस्कृतिक महोत्सव सञ्चालन गर्ने,
२. यसबाहेक सङ्घीय कार्यालयसँग आवश्यक समन्वय गरी अन्य जिल्ला, प्रदेश तथा स्थानीय समितिले समेत ग्रेन गे दिम खरिद सहयोगार्थ सोनाम ल्होछार सांस्कृतिक महोत्सव सञ्चालन गर्नसक्ने,
३. प्रवासस्थित तामाङ संघसंस्थाहरूले सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा नेपालबाट जानुहने तामाङ कलाकारहरू, नेपाल तामाङ कलाकार संघ, आयोजक संस्था र नेपाल तामाङ घेदुङबीच आवश्यक समन्वय गरी ग्रेन गे दिमलाई सहयोग पुर्याउने,
४. यस्तो कार्यक्रमको व्यानरमा नै नेपाल तामाङ घेदुङको ग्रेन गे दिनम खरिदको लागि सहयोगार्थ सोनाम ल्होछार सांस्कृतिक महोत्सव–२८५९ भनेर लेख्ने,
५. कोभिड–१९ को संक्रमणका कारण लगभग २ साल ल्होछार मनाउन नपाएपछिको ल्होछार समारोह भएको हुँदा यसलाई सार्वजनिक समारोहको दृष्टिकोणले र घरपरिवार, आफन्तबीचमा मनाउने दुवै दृष्टिकोणले भव्य र उल्लासमय वातावरणका साथ मनाउने,
६. सार्वजनिक समारोहको आयोजनाको पाटोमा तामाङ समुदायको राजनीतिक, सामाजिक, सांस्कृतिक मुद्दाहरु बुलन्द बनाउँदै ग्रेन गे दिम खरिदको लागि आर्थिक संकलन अभियान सञ्चालन गर्ने र घरायसी पाटोमा घरघरमा पूजापाठ, शुभकामना आदानप्रदान, मीठो खानपीन, रमाइलो आदि गरी भव्यताका साथ मनाउने,
७. ग्रेन गे दिमको लागि आर्थिक सहयोग संकलन गर्न नेपाल तामाङ घेदुङको जिल्ला र स्थानीय समितिहरूले प्रत्येक तामाङ वस्ती र टोलटोलाई केन्द्रीत गरी ताम्बा, लामा, बोन्बो र सांस्कृतिक टोलीसहितको साप्ताहिक सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने ।
४. तामाङ मातृभाषा शिक्षा कार्यक्रम सम्बन्धमा :–
अहिलेसम्म बागमती प्रदेशको ६ वटा पालिकाहरु
नुवाकोटको पञ्चकन्या, काभ्रेको मण्डनदेउपुर
काभ्रेको रोशी ललितपुरको कोन्ज्योसोम
सिन्धुलीको मरिण रामेछापको मरिण
नेपाल तामाङ घेदुङले बागमती प्रदेश अन्तर्गतको स्थानीय सरकार र भाषा आयोगसँग समन्वय गरी तामाङ मातृभाषा शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको हुँदा सोलाई यस वर्ष निम्न पालिकामा लागू गर्न, गराउन पहल गर्ने निर्णय गरियो । सो का लागि जिल्ला र स्थानीय समितिसँग समन्वय गरी आवश्यक लविङ तथा प्रस्ताव पेश गरी कार्यक्रम सञ्चालन गर्न निम्नानुसार जिम्मेवारी दिइयो–
१. सिन्धुपाल्चोकको जुगल गाउँपालिका, २. मकवानपुरको बागमती गाउँपालिका
३. मकवानपुरको थाहा नगरपालिका, ४. काभ्रेको नमोबुद्ध नगरपालिका
५. काभ्रेको तेमाल गाउँपालिका, ६. सिन्धुपाल्चोकको लिसंखुपाखर गापा
७. ललितपुरको बागमती गाउँपालिका, ८. नुवाकोटको म्यागाङ गाउँपालिका
९. नुवाकोटको दुप्चेश्वर गाउँपालिका, १०. नुवाकोटको ककनी गाउँपालिका
११. सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका, १२. काभ्रे जिल्लाको खानिखोला गाउँपालिका
१३. सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ।
५. सांस्कृतिक संयन्त्र निर्माण :–
अन्तर्राष्ट्रिय तामाङ परिषद्को मिति २०७९÷०५÷१९ मा सम्पन्न चौथो सचिवालय बैठकले तामाङ जातिको परम्परागत संस्थाहरू (ताम्बा, लामा र बोन्बो) को संयोजकत्वमा सांस्कृतिक संयन्त्र निर्माण गर्ने परिपत्र जारी भई आएको हुँदा सो को लागि नेपाल तामाङ घेदुङले कार्य अघि बढाउने । यसको लागि नेपाल तामाङ घेदुङले निम्न प्रक्रियाको थालनी गर्नेछ–
१. प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका लामा, ताम्बा र बोन्बोको एक संयुक्त भेला बोलाउने,
२. तामाङको परम्परागत संस्थाहरू (लामा, ताम्बा, बोन्बो) को तामाङ जीवनमा यसको ऐतिहासिकता, महत्व र तामाङ जीवन प्रक्रियामा प्रयोग, संयोगको बारेमा जानकारी गराउने,
३. प्रदेश, जिल्ला र स्थानीय तहमा लामा, ताम्बा र बोन्बोको स्थिति तथा तामाङ संस्कार, संस्कृति निर्देशका अनुसार भए, नभएको बारेमा अवगत गराउने,
४. ताम्बा, लामा र बोन्बो उत्पादन तथा उनीहरूको क्षमता अभिबृद्धिको लागि बेलाबेलामा प्रशिक्षण, गुफा बस्ने आदि कार्यक्रमको आयोजना गर्ने,
५. नेपाल तामाङ घेदुङले यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि तामाङ सांस्कृतिक संयन्त्र सञ्चालन तथा परिचालन कार्यविधि बनाउने ।
६. विविध :–
१. साथै, नेपाल तामाङ घेदुङले आजीवन सदस्यता वितरणलाई प्रभावकारी बनाउन घेदुङको वेभसाइट धधध।तबmबलननजभमगलन।यचन मार्फत अनलाईन एप्लीकेसन फर्मको विकास गरेको छ ।