काठमाडौं । सातौं तामाङ ज्ञान महोत्सवअन्तर्गत दोस्रो दिनसम्ममा आठवटा कार्यपत्र प्रस्तुत भएका छन् । उपप्रधाध्यापक कुमारी लामा, पत्रकार राजु स्याङ्तान, साङमो योन्जन, उपसचिव डाक्टर लोकबहादुर लोप्चनलगायतले विभिन्न विषयका कार्यपत्रहरु महोत्सवमा प्रस्तुत गर्नुभएको हो ।
तामाङ राष्ट्रिय पुस्ताकलयको भवन बौद्धमा शनिबारबाट सुरु भएको त्रिदिवसीय महोत्सवको दोस्रो दिन आइतबार सरकारी कामकाजमा तामाङ भाषाको सवालमा छलफल गरियो । जसमा मोडरेटर श्रीकृष्ण महर्जनले गर्नुभएको थियो भने छलफलमा भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थी, डा लोकबहादुर लोप्चन र शंकल लिम्बु हुनुहुन्थ्यो ।
महोत्सवमा तामाङको पेन्टिङमा अनुहारविहीनहरुका अनुसारः पहिचानको दावी विषयमा त्रिविका उपप्रधाध्यापक कुमारी लामाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पत्रकार राजु स्याङ्तानले तामाङ जातिको मधेस बसाई : सीमान्तदेखि सीमान्तसम्म, संरचनागत बहिष्करण, तामाङ र मिर्गौला बेचविखनः हिमाल गाउँको कथाबारे मार्टिन चौतारीका सञ्जीला मोक्तानले प्रस्तुत गर्नुभएको थियो ।
महोत्सवमा जातीय विभेदको तामाङहरुका जीवन भोगाइबारे एमफिल, साङमो योन्जनले आफ्नो प्रस्तुति राख्नुभएको थियो । महोत्सवको पहिलो दिन नेपाल सरकारका उपसचिव डा लोकबहादुर लोप्चनले मन्डनदेउपुरमा प्रअहरुका विद्यालयमा शिक्षण माध्यमको दृष्टिकोण कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यस्तै दार्जिलिङका लेखक प्रताब बलले भारतमा तामाङ भाषा, नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङले राष्ट्रिय परिदृश्यमा तामाङ भाषा : ज्ञान, इतिहास,संस्कृति र समाज विकासको संवाहक र विशेषता र काठमाडौं विश्वविद्यालयका आइटी विभाग प्रमुख डा बालकृष्ण बलले प्रविधि र भाषाको अन्तरसम्बन्धको बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
महोत्सव उद्घाटन प्रमुख अतिथिमा तामाङ संस्कृति तथा विकास बोर्ड, कालिम्पोङ पश्चिम बंगालका संजय मोक्तानले गर्नुभएको थियो । तेस्रो दिन अर्थात् सोमबार 'तामाङ मुक्ति आन्दोलनको बाटो' विषयमा छलफल महोत्सवको अन्तिम दिन सोमबार तामाङ मुक्ति आन्दोलनको बाटो विषयमा छलफल हुने कार्यतालिका छ ।
साथै कार्यपत्रहरुमा दार्जिलिङका लेखक प्रताप बलले भारतमा तामाङ गुम्बाहरु, तामाङ कर्मचारी संजालका अध्यक्ष टेकराज स्याङ्तानले सरकारी सेवामा तामाङ जातिको वर्तमान चित्रबारे कार्यपत्र प्रस्तुत गर्नुहुने छ । यस्तै पिएचडी शोधार्थी आसाम, अमन मोक्तानले एउटा सैद्धान्तिक खगोलशास्त्रीय अध्ययन र तामाङ संस्कृतिका प्रमुख सल्लाहकार निरा लोप्चनले तामाङ संस्कृति र विकास बोर्डका गतिविधिहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुने आयोजकले जनाएको छ ।